Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


‘विभेद कायमै’


0
Shares

काठमाडौं, माघ १० । राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मोहना अन्सारीले संविधानमा उल्लेख हुँदैमा समाजमा महिलाको समानता र सहभागिता सुनिश्चित नहुने बताएकी छन् ।

‘समानताको हक प्रवद्र्धनका लागि महिला मानवअधिकार रक्षकहरुको भूमिका’को विषयमा बिहीबारदेखि काठमाडौंमा सुरु गोष्ठीको उद्घाटन गर्दै उनले समाजमा विभेद कायमै रहेको बताइन् ।

अन्सारीले महिलाका मौलिक हक, अधिकार संरक्षण र प्रवद्र्धन गर्न महिला अधिकारकर्मीहरुले सशक्त भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरिन् ।

कार्यक्रममा महिला अधिकारकर्मीहरुले महिलालाई राजनीति र समाजमा दोस्रो दर्जाकारुपमा हेर्ने परम्परा रहेको भन्दै समानताका लागि अभियान नै स्ुरु गर्नुपर्नेमा जोड दिएका थिए ।

गोष्ठी ३ दिनसम्म चल्नेछ ।