
काठमाडौं । सहिद सप्ताहको अवसरमा आज टेकुस्थित शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिइएको स्थानमा उनको पूर्ण कदको शालिक अनावरण गरिएको छ ।
कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले शालिक अनावरण गर्दै राजनीतिक दलहरुको एकताबाट मात्र सहिदले देखेको सपना पुरा हुने भन्दै सहिदहरुले देखाएको त्यागको आदर्शलाई प्रेरणाका रुपमा लिनुपर्ने बताए ।
उनले सरकार समृद्ध र सुखी नेपालीको नारा अनुसार विभिन्न योजनाका साथ अगाडि बढिरहेको जिकिर गरे ।
सहिद सप्ताहकै अवसरमा पुल्चोकमा रहेको सहिद शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पणसहित सहिदको सम्झनामा कविता वाचनगरिएको छ ।
प्रतिक्रिया दिनुहोस्