Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


बडिमालिका जाने क्रममा लेक लागेर मृत्यु भएका वडा अध्यक्ष बोहराको शव ल्याइयो


0
Shares

गाउँमा हेलिकोप्टर बस्न नसक्दा मृतक बोहराको शव नन्देश्वरी मावि षोडशामा राखिएको थियो । सो ठाउँबाट मृतकको शव १ घण्टा पैदलपछि घर पुर्‍याइएको छ ।

साउन २० गते शनिबार लेक लागेर अछाम जिल्ला मल्लेख गाउँपालिका वडानम्बर– ५ का वडा अध्यक्ष बोहराको मृत्यु भएको थियो ।

सुर्खेतबाट आएको हेलिकप्टरले तीन दिनदेखि शव ल्याउने प्रयास गरे पनि त्रिवेणीधाममा मौसम खराबीका कारण अवतरण हुन सकेको थिएन । हरपल प्रयास पछि मंगलबार बिहान शब अछाम पठाउन सफल भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक दलबहादुर बोगटीले बताए ।

अध्यक्ष बोहराको मृत्यु भएको एक दिनपछि आएको हेलिकप्टर अवतरण गर्न खोज्दा बादल र पानीका कारण त्रिवेणी लैजान समस्या भएको थियो । सो हेलिकप्टर समरजित गुल्मको सुरक्षामा राखिएको थियो । चार दिन सम्म घटनामा तीनजना प्रहरी र मृतकका आफन्तमात्र थिए ।