Logo २७ बैशाख २०८३, आइतबार | Mon May 11 2026


संस्कृति जोगाउन रातभर धान नाँच


0
Shares

लोपोन्मूख लिम्बू संस्कृति धान नाँचलाई जोगाउने उद्देश्यले प्रत्येक वर्षको साउन शुक्ल पूर्णिमाको रातमा धान नाँच आयोजना गर्ने गरिएको छ । यस वर्ष पनि जिल्लाभरका लिम्बु समुदायका महिला÷पुरुषलाई जम्मा गरी धान नाँच आयोजना गरिएको हो ।

धान नाँच एक आपसको हात समाई गोलाकारमा उभिएर महिला÷पुरुष मिलेर रोमाञ्चक शैलीमा नाचिन्छ । धान नाँच नाता नलाग्ने युवक युवतीको समुहद्वारा पालामको लय र तालसँगै फन्को मार्दै नाचिन्छ ।

युवक–युवतीले रातभर लगातार नाँच्न सक्ने र यसबीचमा कतिपय केटाकेटीको ख्याल–ख्यालमै गहिरो माया बस्न जाँदा विवाहमा समेत परिणत हुने गर्दछ ।

यसरी लिम्बू समुदायको परम्परामा वैवाहिक पद्धतिसँग पनि सम्बन्ध राख्ने धान नाँच मुख्य सरोकारवाला लिम्बू युवा बेवास्ताले लोप हुन लागेकोले यसको गरिमा जोगाउन प्रत्येक वर्ष धान नाँच आयोजना गरिएको किरात याक्थुङ चुम्लुङ ताप्लेजुङले जनाएको छ ।