२८ असार २०८२, शनिबार | Sun Jul 13 2025


सडक अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन आनाकानी


0
Shares

सिन्धुली । सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाडी आसपासका क्षेत्रमा सडक अतिक्रमण गरी व्यापार व्यवसाय संचालन गर्ने क्रम अझै हट्न सकेको छैन ।

धुलिखेल-सिन्धुली-बर्दिबास सडकअन्तर्गत सिन्धुलीमाडी आसपासका सडक क्षेत्रका दायाँ–वायाँ १५/१५ मिटर अतिक्रमणमा परेका क्षेत्र खाली गराउने प्रयास गरिए पनि सफल हुन नसकेको हो ।

धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजना कार्यालयले केही दिन अघि अतिक्रमित क्षेत्र हटाउने प्रयास गरेपनि स्थानीयले अटेर गरिरहेका छन् ।

आयोजनाले महोत्तरीको बर्दिबास, धनुषाको मिथिला र सिन्धुलीको कमलामाई नगरपालिकाभित्रका सडक किनारमा निर्माण गरिएका संरचनाहरु पनि हटाउन सुरु गरेको छ ।

सडक मिचेर  व्यवसाय संचालन गर्दा सवारी आवागमनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ ।