७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


तालिवानले अपहरण गरेका २ सय ३५ जना मुक्त


0
Shares

सार ए पल प्रान्तमा मिर्जावालाङ क्षेत्रमा आक्रमण गरी ५० भन्दा बढीको हत्या गरेको भोलिपल्ट उनीहरुलाई छाडिएको अधिकारीहरुले जनाएका छन् ।

तालिवानले भने सर्वसाधारण नभई सुरक्षाकर्मी मारिएको जिकिर गरेको छ ।

प्रान्तका गर्भनर र स्थानीय आदिवासी नेताबीचको वार्तापछि अपहरण मुक्त गर्न तालिवान सहमत भएको थियो ।

अफगान सुरक्षाकर्मीले अझै पनि सय भन्दा बढी मानिस तालिवानको कब्जामा रहेको उल्लेख गरेको छ ।

पछिल्लो समय अफगानिस्तानमा तालिवानको गतिविधि बढ्दो छ । तालिवानसँगको संघर्षमा छ महिना यता मात्रै करिब १७ सयको मृत्यु भएको छ । (एजेन्सी)