Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।

भातृ संगठन नेपाल विद्यार्थी संघको म्याद थप, सरकारविरुद्धका आन्दोलनलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न कांग्रेसले बैठक डाकेको हो ।

केन्द्रीय कार्यसमितिको बैठकमा नेविसंघ विवाद, सदनमा हामीले जारी अवरोध र महासमिति बैठकले पारित गरेको विधानलाई डकुमेन्टेशन गर्नेबारे केन्द्रित बताइएको छ ।

विधानअनुसार, भदौ २ गते हुनुपर्ने नेविसंघको १२ औं महाधिवेशन आन्तरिक विवादले पाँचौंपटक सम्म म्याद थप्दा पनि हुन सकेको छैन ।

वर्तमान कार्यसमितिको म्याद माघ २ गते सकिएपछि नेविसंघभित्रको सांगठिनक अन्यौलता चुलिएको छ । म्याद थप गर्ने विषयमा कांग्रेस नेताबीच कुरा मिल्न सकेको छैन ।

बरिष्ठ नेता रामचन्द्र पौडेल समूह म्याद थप्न नहुने पक्षमा छ भने सभापति शेरबहादुर देउवा र कांग्रेस नेता कृष्णप्रसाद सिटौला स्ववियू निर्वाचन नजिकिएकाले म्याद थपेर अघि बढ्नुपर्ने पक्षमा देखिनुभएको छ ।

त्यसैगरी सदनको अवरोधलाई पनि आजको बैठकको मुख्य एजेन्डा बनाइएको छ ।

सरकारले कांग्रेसको असहमतिकै बीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने तयारी गरेपछि कांग्रेसले त्यसको प्रतिक्रियास्वरुप केही दिनदेखि सदन अबरुद्ध गर्दै आएको छ । आजको बैठकले सदनको अवरोधबारे पनि छलफल गर्ने बताइएको छ ।