२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


जबर्जस्ती करणी गरिएको भन्दै पीडित बालिका न्याय माग्दै


0
Shares

स्थानीय कैलाश ठाकुर हजामका छोरा ३२ वर्षीय विजय ठाकुरले आफू घरमा एक्लै भएको मौकामा आएर उनलाई आँगनमा लछारपछार गर्दै लडाएर लुगाफाँटा च्यातिदिएको, शरीरभरि घाउ बनाइदिएको र संवेदनशील अंग समातेर जबर्जस्ती करणीको प्रयास गर्दा चिच्याएपछि छिमेकी आइपुगेकाले पिडक भागेको उनले बताइन् ।

जिल्ला प्रहरी कार्यालयमा मंगलबार पुगेकी पीडित बालिकाको जाहेरी समेत प्रहरीले दर्ता गर्नुको साटो स्थानीयस्तरमा रहेको आफ्नो मातहतको प्रहरी चौकीले बालिका विरुद्ध जबर्जस्ती करणी उद्योग नभएको केवल दुबै जनाबीच झै-झगडा र गालीगलौज भएको जनाएको जानकारी दिएको छ ।

साथै यस घटनालाई स्थानीयस्तरमा दुबैका पक्षबाट आएका नेता र बुद्धीजीवी तथा सरदुमकाममा समेत राजनीति गर्ने नेता मिलाउने पक्षमा जुटे पनि आफू कुनै पनि हालतमा यस घटनामा मिलापत्र नगर्ने जिद्दी गरेपछि उनीहरुबीच मिलापत्र हुनसकेन् ।रासस