७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


चीनमा शक्तिशाली भूकम्पमा परी कम्तीमा १३ जनाको मृत्यु (१० तस्वीर)


0
Shares

स्थानीय समयअनुसार मंगलबार राति ९ बजेर २० मिनेटमा गएको ७ म्याग्निच्यूडको भूकम्पमा परी १७५ जनाभन्दा बढी घाइते भएका छन् ।

समाचार एजेन्सी एएफपीले भने कम्तीमा १०० जनाको मृत्यु भएको र १ लाख ३० हजारभन्दा बढी घर ध्वस्त भएको उल्लेख गरेको छ ।

कम जनघनत्व रहेको उत्तरी क्षेत्र भूकम्पबाट बढी प्रभावित भएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ ।

जमिनबाट १० किलोमिटर गहिराइबाट गएको भूकम्पका कारण विभिन्न सहरको भौतिक संरचना ध्वस्त भएका छन् ।

भूकम्प गइरहने सिचुवान प्रान्तमा सन् २००८ मा गएको शक्तिशाली भूकम्पमा ७० हजारभन्दा बढीको मृत्यु भएको थियो । (एजेन्सी)