२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


‘बिक्रीका लागि’ भारत लैजाँदै गरेको अवस्थामा तीन महिलाको उद्धार, दुई पुरुष समातिए


0
Shares

कैलालीको टीकापुर नगरपालिका–१३ घर भइ लम्कीमा प्रेसमा काम गर्ने शिवराज सन्ज्याल र टीकापुरमै पुस्तक पसल सन्चालन गरेर बसेका कमल चौधरीलाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको हो ।

उनीहरुले नेपाली महिलाहरुलाई भारतीय दलाललाई बिक्री गर्न पठाउने गरेको खुलासा भएको छ ।

एक महिलालाई सीमापार गराएबापत आफूले ५ हजार भारु पाउने गरेको पनि सन्ज्यालले बताएको प्रहरीले जनाएको छ ।

शंका लागेर सोधपुछ गर्दा उनीहरुको कुरा बाझिएपछि प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक भगवती तिमिल्सिनाले जानकारी दिइन् ।

उद्धार गरिएका महिलाहरु जाजरकोट, रोल्पा र चितवनका भएको जनाइएको छ ।