फाइल फोटो
बेलकोटगढी नगरपालिका वडा नम्बर–५ र ६ दुईपिपलका र वडा नम्बर–७ रातमाटेका युवाहरुबीच मोटरसाइकलले ठक्कर दिएको विषयलाई लिएर भएको झडप रोक्न प्रहरीले दुई राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।
लाखेनाचअन्तर्गत्को हिलेजात्रा हेर्न पुगेका जात्रालुहरु दुई समूहमा विभाजित भएर झडप हुँदा दुवै पक्षका १० जना घाइते भएका छन् ।
घाइते हुनेमा बेलकोटगढी–६ का दीपराज लामा, प्रवीन तामाङ, प्रकाश तामाङ र सुब्बा तामाङ रहेको प्रहरीचौकी झिल्टुङका इन्चार्ज प्रहरी सहायक निरीक्षक पंकजकुमार सिंहले जानकारी दिए ।
यस्तै, बेलकोटगढी–७ रातमाटेका किरण लामा, चतुरमान लामा, अरुण अधिकारी, शम्भु कुँवर, निमा लामा र प्रदीप लामा घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते भएकाहरुको टाउकोमा चोट तथा हात र खुट्टा भाँचिएका छन् । रासस










प्रतिक्रिया दिनुहोस्