आमाको उपचारका लागि सिलिगुढी पुगेका सूर्योदय नगरपालिका–१० फिक्कलका २७ बर्षीय उदयहाङ फागोलाई सोमबार सिलिगुढी मेट्रोपोलिटन प्रहरीले पक्राउ गरेको हो ।
फागोका परिवारले आन्दोलनकारीसँग अनुहार मिलेको भन्दै निर्देष ब्यक्तिलाई भारतीय प्रहरीले पक्राउ गरेर अन्याय गरेको भन्दै रिहाइको पहल गरिदिन बुधबार जिल्ला प्रशास कार्यालय, इलाम तथा पत्रकार र मानवअधिकारकर्मीहरुसँग माग गरेका छन् ।
फागोका दाजु शरन फागोले बुधबार जिल्ला प्रशासन पुगेर उजुरी दिएका छन् । साथै पत्रकार तथा मानवअधिकारकर्मीहरुलाई पनि रिहाइको पहल गरिदिन आग्रह गरेका छन् ।
आमा गंगामाया फागोले गोर्खाल्याण्ड आन्दोलनबारे कुनै चासो नै नभएको विषयमा छोराको संलग्नता भनेर प्रहरीले फसाउन खोजेको छ, यो मानवअधिकारको चरम उल्लंघन हो, भनेकी छन् ।
उनले आफ्नो छोरालाई विनाशर्त र सकुशल तत्काल रिहाइको माग गरेकी छिन् । फागोलाई १२ दिनसम्म हिरासतमै राखिने र २० अगष्टमा अदालतमा उभ्याइने बंगाल प्रहरीले जनाएको छ ।
गत जुलाई २९ तारिखमा आन्दोलनका क्रममा दार्जिलिङको सुकुनामा भएको झडपमा सामेल भएको आरोपमा उनलाई पक्राउ गरिएको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।
सुकुनामा भएको आन्दोलनमा प्रदर्शनकारीहरुले खुकुरी जुलुस निकालेका थिए ।
सोही क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो । झडपका क्रममा दर्जनौं प्रहरी समेत घाइते भएका थिए ।










प्रतिक्रिया दिनुहोस्