Logo १६ असार २०८३, मंगलबार | Tue Jun 30 2026


फागुन २ गते उद्यमशीलता सम्मेलन


0
Shares

काठमाडौं, माघ ९ । नेपाल उद्योग परिसंघले आगामी फागनुमा ‘नेपाल उद्यमशीलता सम्मेलन’ गर्ने भएको छ ।

परिसंघले उद्योग मन्त्रालय तथा विशाल केडिया ग्रुपसँगको संयुक्त आयोजनामा फागुन २ गते उद्यमशीलता सम्मेलन गर्न लागेको हो ।

सम्मेलनमा स्वदेशका ४०० भन्दा बढी उद्यमी, साना तथा मझौला उद्योग व्यवसायी, सरकारी प्रतिनिधिलगायतको सहभागिता रहने बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

राष्ट्रपति विद्यादेवी भण्डारी उद्घाटन गर्ने सम्मेलनको समापन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने कार्यक्रम रहेको छ ।

देश संघीय संरचनामा गएपछिका सम्भावना, चुनौती, नीतिगत कठिनाइ एवं आवश्यक सुधार सम्बन्धमा चेतना जगाउन तथा सुझाव दिन सम्मेलन आयोजना गरिएको परिसंघका अध्यक्ष हरिभक्त शर्माले बताए ।

यसले देशमा उद्यमशीलता प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ ।