विधेयकमाथि छलफल गर्न बिहीबार राजधानीमा भएको कार्यक्रमका सहभागी प्रशासनविद्हरुले स्थानीय तहलाई अधिकार दिएपनि स्रोत–साधन परिचालनको अधिकार नदिएकाले विधेयक व्यावहारिक नभएको बताए ।
प्रशासनविद् कृष्णप्रसाद सापकोटाले स्थानीय तहलाई संविधानले दिएको अधिकार यो विधेयकले नियन्त्रण गर्न खोजेको टिप्पणी गरे ।
स्थानीय शासनविद् बिहारीकृष्ण श्रेष्ठले स्थानीप्य तह निर्माणमै कमजोरी रहेको भन्दै अहिले बनाएको स्थानीय तह संरचनाले मुलुक नै समस्यामा पार्ने बताए ।
उनले स्थानीय तहको संरचना हचुवाको भरमा बनाइएको टिप्पणी गरे ।










प्रतिक्रिया दिनुहोस्