
उक्त संस्थाले वेलायतभर ३०० प्रत्यक्ष प्रहरी अनुसन्धान भइरहेका पनि जनाएको छ ।
संस्थामा संलग्न अधिकारी विल केरले भने, ‘अनुसन्धान अधिकारीले १२ बर्षका बालबालिकासम्म पनि यौनजन्य शोषण वा बलपूर्वक श्रममा लगाइएका छन् ।’ पीडितहरूलाई गाडी सफा गर्ने, निर्माण श्रमिक, वेश्यालय तथा लागु औषध निर्माण गर्ने उद्योगमा प्रयोग गरिने गरिएको उनले बताए ।
यस पहिलेका अनुसन्धानमा सोचिएभन्दा मानव कारोबार निकै ठूलो संख्यामा रहेको बताउँदै बिहीबार (आज) सञ्चारकर्मीसँगको कुराकानीमा केरले पीडितमा दासताका संकेतहरू जस्तैः देख्न सकिने शारीरिक घाउ, अस्वस्थता तथा खिन्नता र अर्कोको नियन्त्रणमा रहेका भाव झल्किने लक्षणबाट मिल्ने दावी गरे ।
उनले आफ्नो संस्थाले आधुनिक दासतालाई नियन्त्रण गर्न सामाजिक तथा सार्वजनिक सचेतनाका कार्यक्रमका अभियानहरू सन्चालन गरेको बताए । रासस/एपी
प्रतिक्रिया दिनुहोस्