Logo २९ असार २०८३, सोमबार | Mon Jul 13 2026


सरकारविरुद्ध नेविसंघ सडकमा


0
Shares

काठमाडौं, माघ ९ । नेपाल विद्यार्थी संघले सरकारका काम–कारबाही र निर्णयहरुको विरोध गर्दै बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

राजधानीको माइतीघर मन्डलामा भेला भएका उनीहरुको विरोधर्‍याली नयाँबानेश्वर पुगेर सभामा परिणत भएको थियो ।

प्रदर्शनकारीहरुले ३३ किलो सुनकान्ड, ‘वाइडबडी’ विमान खरिद प्रकरण, निर्मला पन्तको हत्यारालाई कारबाही नभएको तथा डा. गोविन्द केसीसँगको सम्झौता कार्यान्वयन नभएकोलगायतका विषय उठाउँदै नाराबाजी गरेका थिए ।

प्रदर्शनलाई मध्यनजर गर्दै सो क्षेत्रमा सयौं सुरक्षाकर्मी परिचालान गरिएको थियो ।