सिमेन्टका २४ ओटा स्लावमध्ये २३ ओटा स्लाव राखिसकेपछि भार थाम्न नसकी पुल भाँचिएको स्थानीयको भनाइ छ ।
पुल भत्कँदा पाँचजना कामदार सामान्य घाइते भएको महानगरीय अस्थायी प्रहरी बिट ढल्कुले जनाएको छ । घाइतेको उपचार भइरहेको छ ।
ढल्कु र नरदेवी जोड्नका लागि फलामेपुल बनाइएको हो ।
काठमाडौं दिगो सहरी विकास आयोजनाअन्तर्गत् हिम सगरमाथा कन्सट्रक्सन प्रालिले डेढ करोड रुपैयाँको लागतमा निर्माण गरेको पुल भाँचिएको हो । पुलको एक सातापछि उद्घाटन गर्ने तयारी थियो ।
स्थानीय वासिन्दाले कमजोर निर्माण सामग्री प्रयोग गरेका कारण पुल भाँचिएको आरोप लगाएका छन् ।
भिडियो हेर्नुहोस्










प्रतिक्रिया दिनुहोस्