Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


राधाकृष्ण रथयात्राका दिन विराटनगरमा सार्वजनिक बिदा दिने निर्णय


0
Shares

महानगरपालिकाले स्थानीय कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले रथयात्राका दिन पहिलोपल्ट विराटनगरमा बिदा दिने निर्णय गरेको हो ।

राधाकृष्ण रथयात्रा निकालेको ५०औं वर्ष पुगेको अवसरमा यो वर्ष राधाकृष्ण रथयात्रालाई स्वर्णजयन्तीकोरुपमा मनाइनेसमेत तयारी भइरहेको छ ।

विराटनगर महानगरपालिकाले शुक्रबार गरेको पत्रकार सम्मेलनमा महागनर प्रमुख भीम पराजुलीले ऐतिहासिक महत्व बोकेको रथयात्राको दिनलाई विशेष दिनकारुपमा मनाउन साउन ३१ गते बिदा दिने निर्णय गरिएको जानकारी दिए ।

राधाकृष्ण रथयात्राको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।