२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


मुस्ताङमा थुनिएको कालीगन्डकी पुरानै स्वरुपमा बग्न थाल्यो


0
Shares

बेनी, माघ ९ । मुस्ताङको घरापजोङ गाउँपालिका–१ मा कृषि सामग्री संस्थाननजिकै सुक्खा पहिरोले थुनिएको कालीगन्डकी नदी पुरानै स्वरुपमा बग्न थालेको छ ।

मंगलबार राति हिमपातका कारण भूकम्पले चर्किएको जमिन रुखसहित कालीगन्डकी नदीमा खस्दा नदीको नियमित बहाव प्रभावित भएको थियो ।

दुईओटा रुख कालीगन्डकी नदीमा तेर्सिएको र सुक्खा पहिरोले कालीगन्डकी नदीको पानी केही रोकिएको भएपनि रुखलाई काटेर हटाएसँगै नदी पुरानै स्वरुपमा बग्न थालेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी विशेश्वर रेग्मीले जानकारी दिए ।

उनकाअनुसार अहिले स्काभेटर प्रयोग गरी कालीगन्डकी नदीमा थुप्रिएको सुक्खा पहिरो हटाउने काम भइरहेको छ ।

बुधबार बिहान सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले नदी थुनेको रुख काटेर थुनिएको पानीलाई बग्ने कार्य गराएका थिए ।

सानो पहिरोले नदीको बहावमा सामान्य बदलीमात्रै आएको हुँदा तटीय क्षेत्रमा ठूलो जोखिम नरहेको म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले बताए । रासस