७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


उत्तर कोरियामाथि अमेरिका ‘लक्ड एन्ड लोडेड’को अवस्थामा : राष्ट्रपति ट्रम्प


0
Shares

शुक्रबार (आज) ट्वीटरमार्फत राष्ट्रपति ट्रम्पले आफ्नो सैनिकहरु तयारी अवस्थामा रहेको जानकारी दिदै उत्तर कोरियासँग सम्झौता गर्न ‘लक्ड एन्ड लोडेड’ अवस्थामा रहेको बताएका हुन् ।

उनले ट्वीटरमा भनेका छन्, ‘सैन्य समाधानहरु अहिले पूर्णतया तयारी स्थानमा ‘लक्ड एन्ड लोडेड’ (बन्द र लोड) गरिएको अवस्थामा छन् । उत्तर कोरियाको मुर्खतापुर्ण गलत निर्णय गर्न सक्छ । आशा छ कि किम जोंगले अर्को विकल्प फेला पार्नेछन् ।’

 

उनले उत्तर कोरियाले ‘परमाणु युद्धको झण्डा’लाई कोरियाली प्रायद्विपमा देखाएको आरोप लगाएका छन् ।

अमेरिकी क्षेत्र पियोगान्डा गुआम टापुमा रहेको सैन्य भण्डारमा परमाणु क्षेप्यास्त्र हान्ने योजनालाई उत्तर कोरियाले अन्तिम रुप दिँदै गरेको तथ्य सार्वजनिक भएपछि उच्च सर्तकतासाथ तयारी अवस्थामा रहेका छन् ।

बीबीसीका अनुसार अहिले प्यासिफिक टापुको मातृभूमि सुरक्षा एजेन्सीले शुक्रबार (आजै) त्यहाँ बसोबास गर्ने नागरिकहरुलाई एकतथ्य पाना (फ्याक्ट सिट) बाँडेको छ । उक्त तथ्य पानामा संभावित मिसाइल आक्रमणबाट कसरी जोगिने भन्ने सुझावहरु लेखिएको छ ।

उक्त पानामा लेखिएको छ, ‘फ्ल्याश तथा आगोजन्य प्रकाशहरु नदेखाउनुस् यसले तपाँइलाई अन्धकार बनाउनेछ । जमीनमा मिसाइल ठोकिनसाथ तपाँईको टाउको ढाक्नुहोस् । यदि विस्फोटक मिसाइल केहि दूरीमा छ भने त्यो विस्फोट हुन कम्तिमा ३० सेकेण्डभन्दा बढी समय लाग्ने छ ।’

राष्ट्रपति ट्रम्पको चेतावनी लगत्तै रक्षा सचिव जेम्स मटिसले भने, ‘अमेरिका अझै राजनैतिक सुत्रमार्फत उत्तर कोरिया संकट समाधान गर्ने आशा राख्दछ ।’