१५ जेष्ठ २०८२, बिहिबार | Thu May 29 2025


ओलीलाई भेटिनन् स्वराजले ? महरासँग पनि दुई पक्षीय छलफल गरिनन्


0
Shares

बिमस्टेकको १५ औं मन्त्रीस्तरीय बैठकमा सहभागी हुन काठमाडौं आएकी स्वराजले सत्तारुढ दलका शीर्ष नेता र मधेसकेन्द्रित दलका नेताहरुसँग भेटवार्ता गरेर फिरेकी हुन् ।

कुटनीतिक भ्रमणमा राजनीतिक भेटघाट हुँदा प्रमुख प्रतिपक्ष दलको नेता प्रायः छुट्दैनन् । अध्यक्ष ओलीले शुक्रबार पोखरामा कार्यक्रम रहेकाले आफू व्यस्त रहेको सन्देश दिएपछि भेटवार्ता नभएको कुटनीतिक स्रोतले बताएको छ ।

कार्यकारी प्रमुख र प्रमुख प्रतिपक्ष दलका नेतासँग भेटवार्तापछि मात्र सम्बन्धको यथार्थ र गहिराइमा पुग्ने हुनाले त्यो खालको भेट हुने परम्परा हुन्छ । तर, स्वराजले उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग पनि दुई पक्षीय छलफल गरिनन् । उनी महराकै निमन्त्रणामा नेपाल आएकी हुन् । – कान्तिपुर दैनिकबाट