१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


दाउन्ने पहाडमा पहिरो, हजारौं यात्री अलपत्र


0
Shares

बर्दघाटदेखि दुम्कीवाससम्मका ७ बढी स्थानमा पहिरो जाँदा सयौं सवारी–साधन र हजारौं यात्री रातिदेखि अलपत्र परेका छन् ।

अवरूद्ध सडक खुलाउन सडक डिभिजन र निर्माण व्यवसासीहरूका डोजरहरूको प्रयोग गरेपनि सवारी सन्चालनमा ल्याउन नसकिएको प्रहरीले जनाएको छ ।

पानी परिरहेकाले पहिरो हटाउन समस्या भएको छ । पानी रोकिएर काम सुचारू भएमा शनिबार दिउँसोसम्म अवरूद्ध सडक खुल्नसक्ने जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।