७ जेष्ठ २०८२, बुधबार | Wed May 21 2025


दुई रेल आपसमा ठोक्किदा ३६ जनाको मृत्यु, केही डिब्बा धुजाधुजा (फोटोफिचर)


0
Shares

उत्तरी तटीय सहर एलेक्जान्ड्रियाको खोर्सिदमा दुईवटा रेल आपसमा ठोक्किएको हो । दुर्घटनालगत्तै उद्धारकर्मीहरु पुगेर उद्धार गरिरहेका छन् ।

दुर्घटना कसरी भयो भन्ने प्रष्ट भइरहेको छैन । इजिप्टका रेलमन्त्रीले दुर्घटनाको छानविन गर्न आदेश दिएका छन् ।

स्थानीय संचारमाध्यमले जनाएअनुसार बिग्रिएर रोकिएको रेलमा अर्को रेल आएर ठोक्किएको हो ।

नोभेम्बर सन् २०१३ मा दक्षिण कायरोमा भएको दुर्घटनापछि यो नै सबैभन्दा ठूलो रेल दुर्घटना भएको बताइएको छ । त्यतिबेला एउटा बस र रेल आपसमा ठोक्किदा २७ जनाको मृत्यु भएको थियो ।

सन् २००२ मा भएको रेल दुर्घटनामा इजिप्टको इतिहास मै भयानक मानिन्छ । उक्त दुर्घटनामा ३ सय ७३ जनाको मृत्यु भएको थियो । (एजेन्सी)