Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


विराटनगरको मुख्य बजार क्षेत्र डुबानमा


0
Shares

पानीको निकास नहुँदा मुख्य राजमार्गलगायत बजार क्षेत्र नै डुबानमा परेको हो । ढलको याथोचित व्यवस्थापनको अभावमा बजार क्षेत्रका धेरैजसो स्थान शनिबार जलमग्न भएको छ ।

नगर क्षेत्रमा पानीको निकास नहुँदा नगरवासीको घरभित्रसम्म पानी पसेका कारण समस्या भएको छ ।

मुख्य राजमार्ग क्षेत्र मुनालपथ, महेन्द्रचोकलगायतका स्थानका सडक जलमग्न भएका कारण आवत–जावतमासमेत समस्या भएको छ ।

बजारका अधिकांश भित्री सडकपनि जलमग्न भएका कारण सर्वसाधारणलाई हिँडडुल गर्न कठिनाइ भएको छ ।

मोरङ प्रहरी प्रमुख अरुण बिसीले शुक्रबार साँझबाट परेको पानी अहिलेसम्म नरोकिँदा विराटनगर क्षेत्र जलमग्न भएको जानकारी दिए ।