कविराज थारुको घर भत्कँदा उनका छोरीहरु १३ वर्षीया अन्जु, ९ वर्षीया सरिता र ७ वर्षीया सुस्मिता थारुको मृत्यु भएको हो ।
लगातार परेको वर्षाले राप्ती नदीमा पानीको बहाव बढ्दा वडा नम्बर–१, २, ३, ४ र ५ का अधिकांश सर्वसाधारण बिचल्लीमा परेका छन् ।
उता, बाँकेकै पूर्वपश्चिम राजमार्गअन्तर्गत् अगैयानजिकको पुल भत्कँदा आवागमन अवरुद्ध भएको छ ।
बिचल्लीमा परेका स्थानीयको उद्धार गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ ।
सुर्खेतको वीरेन्द्रनगरबाट हेलिकोप्टर मगाइएको स्थानीय प्रशासनले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्