
अमेरिकासँग भेनेजुएलाको समस्या समाधान गर्ने घेरै उपाय भएको तर त्यसमध्ये सैन्यबलबाट गरिने उपाय पनि एउटा भएको उनले बताएका हुन् ।
भनेजुएलाको विषयमा भएको छलफलको क्रममा एकसम्वाददाताले गरेको प्रश्नको जवाफ दिदै अमेरिकी सेना संसारभरी रहेका र भेनेजुएला अमेरिकाबाट खासै टाढा नरहेको बताएका छन् ।
भेनेजुएलामा जारी द्वन्द्वको कारण सर्वसाधारणले ज्यान गुमाउनुको साथै दुख पाएका यस अवस्थामा अमेरिकासँग भएको घेरै समाधान मध्ये सैन्यबलबाट हुने समाधान पनि एक भएको ट्रम्पको भनाई छ ।
भेनेजुएलाका रक्षा मन्त्री भ्लादिमिर प्याड्रिनोले ट्रम्पको यस भनाईलाई ‘पागलपनको उपज’ भन्ने संज्ञा दिएका छन् ।
भेनेजुएयाली राष्ट्रपति निकोलास मादुरो बनाएको नयाँ संबिधान सभालाई गैरकानूनी भएको भन्दै देशभित्र विपक्षीको प्रदर्शन जारी रहेको छ भने विदेशमा पनि यसको व्यापाक आलोचना भइरहेको छ ।
अमेरिकाले राष्ट्रपति मादुरोलाई अधिनायकवादीको संज्ञा दिदै विभिन्न प्रतिबन्धहरु लगाएको छ ।
भेनेजुएलामा करिब दुई हप्ता अगाडी आम निर्वाचन सम्पन्न भएको थियो । राजनीतिक संकट समाधान गर्नका लागि संविधान पुनर्लेखन गर्न नयाँ शक्तिशाली निकायको आवश्यकता रहेको भन्दै राष्ट्रपति निकोलास् मादुरोले निर्वाचनको आह्वान गरेका थिए ।
सो निर्वाचन निकै विवादमा परेको र निर्वाचनको औचित्य र वैद्यतामा प्रश्न उठाइएपनि भेनुजुएलाका राष्ट्रपति यस निर्वाचनमा आफू विजयी भएको दावी गर्दै विपक्षीको विरोधका बीच पनि नयाँ सविधान सभाको गठन गरेका थिए ।
अन्तर्राष्ट्रिय जगतले यसलाई राष्ट्रपति मादुरोको शक्ति बढाउने काममात्र भएको टिप्पणी गरेका थिए । कैयाँै देशले यो निर्वाचन अनावश्यक भएको समेत टिप्पणी गरेका छन् ।
विपक्षीले यस निर्वाचन बहिष्कार गरेका थिए । भेनेजुएलाको प्रतिपक्षी गठबन्धन समूह डेमोक्रेटिक युनिटी राउन्ड टेबल (एमयूडी) ले वर्तमान राष्ट्रपति मादुरोले भेनेजुएलामा राजनीतिक संकट चरम सीमामा पुग्दासमेत समाधान गर्न नसकेको आरोप लगाउँदै आएको थियो ।
आर्थिक संकटसमेत चुलिएको भन्दै विगत चारमहिनायता त्यहाँ विपक्षीहरुले आन्दोलन जारी राखेका छन् । सो आन्दोलनको क्रममा हालसम्म १३० जनाभन्दा बढी नागरिकले ज्यान गुमाइसेका छ ।
मादुरो संसदमा अल्पमतमा परेकाले संसदीय विरोधलाई छल्न संविधान सभाको ‘प्रपञ्च’ रचेको विपक्षीले आरोप लागाउँदै आएको छ ।
सो निर्वाचन ५४५ सदस्यका लागि भएको हो । जहाँ ६ हजारभन्दा बढी उम्मेदवार भएपनि एकजना पनि उम्मेदवारले विपक्षी दलको तर्फबाट भाग लिएका थिएनन् । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्