Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


‘बाढी उद्धार कार्यमा हेलिकोप्टरसहित कमान्डो परिचालन गरिने’, अझै सतर्क रहन आग्रह


0
Shares

केन्द्रीय दैविक प्रकोप तथा उद्धार समितिको शुक्रबार (आज) बसेको आकस्मिक बैठकपछि सरकारले मुलुकका पूर्वी तराई र पश्चिमका केही जिल्लामा आएको बाढी र पहिरोमा परेकाहरुलाई उद्धारमा सहयोग गर्न सबैलाई अपील गरेको छ ।

गृहमन्त्री जनार्दन शर्माले डुबानमा परेका क्षेत्रमा तत्काल उद्धार र राहतको काम सुरु गरिसकेको भन्दै सबै संघसंस्थालाई पनि सहयोग गर्न अपील गरे । उनले खाद्य सामग्री तथा सरसफाईलगायत कारणले फैलनसक्ने संक्रमणलाई ध्यानमा राख्दै स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी टोली पठाउने तयारी भइरहेको जानकारी दिए ।

गृहमन्त्री शर्माले बाढी पहिरोको डुबानको समस्या देखिएका जिल्लामा उद्धार टोली पठाइएपनि केही ठाउँमा भने कठिन भइरहेको बताए । उनले विभिन्न राजमार्गमा भइरहेको अवरोधसमेत हटाउने प्रयास भइरहेकाले धैर्य गर्न आग्रह गरे ।

मन्त्री शर्माले बाढी प्रभावितको उद्धारका लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको टोली परिचालन गरिएको र आवश्यक ठाउँमा मौसम अनुकूल हुने वित्तिकै हेलिकोप्टर र तालिमप्राप्त कमान्डोसमेत परिचालन गरिने जानकारी दिए ।