सुनसरी, सिन्धुली, बाँके, झापा, मोरङलगायतका जिल्लामा गरी अहिलेसम्म कम्तिमा ३० जनाको मृत्यु भएको छ ।
दर्जनौं घर बगेका छन् भने सयौं विघा जमिन र बालीनालीमा क्षति पुगेको छ । बाढीमा परेर केही बेपत्ता भएका छन् ।
गृह मन्त्रालयले दिएको जानकारी अनुसार झापा, मोरङ, सुनसरी, सप्तरी, सर्लाही र रौतहट जिल्ला पूर्णरुपमा डुबानमा परेका छन् । त्यसैगरी राप्ती नदीपारिको वस्तीसमेत डुबेको गृहले जनाएको छ ।
सुनसरीको इटहरीस्थित बुढी खोलामा आएको बाढीले बगाएर ७ जनाको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका ४ गैरीगाउँको बस्तीमा एक महिला र तीन बालबालिकाको शव खोलाबाहिर निकालिएको छ भने बूढी पुलको दक्षिण इटहरी–९ को सुकुम्वासी बस्तीबाट पनि तीन वटा शव बाहिर निकालिएको छ ।
अरु धेरै बेपत्ता भएको स्थानीयवासीले जानकारी दिएका छन् । त्यस आसपासका क्षेत्रमा पनि अन्य शव फेला पर्ने जारी रहको र धेरै मानिसको ज्यान गएको हुनसक्ने आशंका गरिएको छ ।
बूढीखोलामा आएको बाढीले एउटा झोलुङ्गे पुल तथा गैरी गाउँको ३० तथा दक्षिणमा रहेको मुसहर वस्तीका पनि एक दर्जन बढी घर बगाएको छ ।
बस्ती पुरै जोखिमामा रहेकाले त्यहाँ उच्च सुरक्षा सतर्ककताका साथ सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।
बूढीखोलाको सतहदेखि कम्तिमा १० मिटरमाथिसम्म बाढी आएको खोला आसपासका भौतिक संरचनालगायतमा करोडौंको नोक्सानी भएको छ ।
बस्ती कटानको उच्चजोखिमा बढेकाले त्यहाँका सवै मानिसलाई उद्दार गरी श्रीकृष्ण प्रणामी मन्दिर परिसरमा बस्ने र खाने ब्यवस्था मिलाइएको छ ।
इटहरीको वडा नम्वर ४, ५, ६, ९ जलमग्न बनेका छन् भने नेपाली सेनाको पूवी पृतनानजिक रहेको खेतीखोलामा आएको बाढीले धरान इटहरी सडक खण्डको कल्भर्टमा नोक्सानी पुर्याएकाले धरान इटहरी सडक खण्डमा सवारी सञ्चालनमा रोक लगाइएको छ ।










प्रतिक्रिया दिनुहोस्