बुटवल-नारायणगढ सडकको बर्दघाटदेखि दुम्किवाससम्म ७ भन्दा बढी स्थानमा गएको पहिरो हटाउन नपाउँदै सडक करिब ३५ मिटर ओरालोमा भाँसिन गएपछि अवरुद्ध सडक तत्काल सञ्चालनमा आउन सम्भव नभएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए ।
नयाँ ट्रयाक खोल्न सो स्थानमा दुई वटा डोजर र जेसिभी लगाएर कामलाई तिव्रता दिए पनि एकतर्फी सडक सञ्चालन हुन करिब ५/६ घण्टा लाग्ने उनले जानकारी दिए ।
सडक अवरुद्ध भएपछि सयौं सवारीसाधन दुम्किवास र बर्दघाटमा रोकिएका छन् ।
वर्षाले जिल्लाका विभिन्न स्थान डुबानमा पर्न सक्ने भन्दै जिल्ला दैविप्रकोप उद्दार समितिले सजगता अपनाउन आग्रह गरेको छ ।










प्रतिक्रिया दिनुहोस्