बाढीले बगाउँदा ज्यान जानेमा झापा गाउँपालिका–२ का धनमाया गार्साने, शिवसताक्षी नगरपालिका–१ का विजय पाण्डे, कचनाकवल–३ का राम राजवंशी र झापा गाउँपालिका–३ की कमला दर्लामीको ज्यान गएको छ ।
बाढीबाट जिल्लाको दक्षिणी भाग बढी प्रभावित भएको छ । कन्काई, विरिङखोला, निन्दाखोला, मेची नदी र कमल खोलामा आएको बाढीले एक हजार २४९ घर डुवानमा परेका छन् ।
अहिले पनि अविरल वर्षा भइरहेका कारण बाढीको सतह अझै बढ्न सक्ने स्थानीय प्रशासनले जनाएको छ ।
नदी आसपासका क्षेत्रका बासिन्दालाई अन्यत्र सार्ने प्रयास भएपनि खराब मौसमका कारण त्यो हुन नसकेको प्रहरीले जनाएको छ ।
उता, बारामा पनि घर भत्किंदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाराको सिम्रौणगढ नगरपालिका बडा नम्बर ८ कोचर्बाका ४५ बर्षिय गहनी नाम रहेकी महिला रहेकी छन् ।
यस्तै आर्दश कोतबाल गाउँपालिका रामजानकी बृद्धाआश्रममा बस्ने ७० बर्षिय ब्रम्हदेब महतो आश्रममा पसेको पानीको भेलमा बगेर वेपत्ता भएका छन् ।










प्रतिक्रिया दिनुहोस्