
काठमाडौं, माघ ९ । भोजपुरमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार राति १०ः३० बजे ४.५ म्याग्निच्यूडको भूकम्प गएको हो ।
भोजपुरको धोत्लेखानी केन्द्रबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पबाट कुनै प्रकारको क्षति भएको विवरण नआएको जिल्ला प्रहरी कार्यालय, भोजपुरले जनाएको छ ।
भूकम्पको धक्का आपसासका जिल्लामा समेत महसुस भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्