Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


नारायणगढ-मुग्लिन र मुग्लिन-नौबिसे सडक अवरुद्ध


0
Shares

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकको मुग्लिनको मुख, कालीखोला, चोर खोला, भालुखोला, सेतीदोभान, भोर्लेलगायतका क्षेत्रमा पहिरो खसेको छ ।

शनिबार दिउँसो २ बजेपछि वर्षातसँगै ती ठाउँमा पहिरो खसेको हो । पानी परिरहेको र पहिरो खसिरहेकाले बाटो सफा गर्न नसकिएको उनले बताए ।

ठूला पहिरा नभएकाले पानी रोकिएमा दुईदेखि तीन घण्टामा सडक सफा गरी सवारी सञ्चालनमा ल्याइने यादवले बताए । सडक अवरुद्ध बनेपछि यात्रु अलपत्र परेका छन् ।

यस्तै, पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडकखण्डमा १४ ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको छ ।

डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख धर्मेन्द्र झाका अनुसार सो सडकको फिस्लिङ, कुरिनटार, मजिम्टार, जोगिमारा, बेनीघाटलगायतका १४ स्थानमा पहिरो खसेको छ ।

शनिबार साँझ ६ बजेपछि ती ठाउँमा पहिरो खसेका हुन् । गएराति २ बजे पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको भएपनि पुनः पहिरो ठाउँठाउँमा खसेपछि सडक अवरुद्ध बनेको झाले बताए ।

तीनवटा लोडरले पहिरो पन्छाउने काम गरिरहेको झाले बताए। रासस