Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


पहिरो हटाएर दाउन्नेमा सडक खुलाइयो


0
Shares

बुटवल–नारायणगढ सडकको बर्दघाटदेखि दुम्किबाससम्म १२ किलोमिटर दुरीमा पर्ने दाउन्ने पहाडका करिब ७ भन्दा बढी स्थानमा गएका पहिरो हटाएसँगै राजमार्ग सुचारु भएको हो । जसमा एसमोडमा ३५ मिटर सडक भाँसिएको थियो ।

शुक्रबारदेखि सयौं सवारीसाधन र हजारौं यात्रुहरु अलपत्र बनेका थिए । विभिन्न स्थानमा गएको पहिरोलाई हटाउँदै भासिएको सडक छेउबाट वैकल्पिक मार्ग बनाएर एकतर्फी रुपमा सवारीसाधन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी उपरीक्षक मुकुन्दराज आचार्यले जानकारी दिए ।

पानी परिरहेकाले सवारीसाधन सञ्चालनमा कठिनाई भएको र सजगताका साथ एकतर्फी रुपमा आवतजावतको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।