त्रिभुवन विश्वविद्यालय सभाको बैठकलाई आइतबार काठमाडौंमा सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले शिक्षालाई वैज्ञानिक, व्यवहारिक, रोजगारमूलक र गुणस्तरीय बनाउन सरोकारवालाहरुको ध्यानाकर्षण गराए ।
प्राथमिक र उच्च शिक्षालाई समाजका सबै वर्ग, समूह, लिंग, धर्म र क्षेत्रको पहुँचमा पुर्याउनुपर्नेमा पनि प्रधानमन्त्री देउवाले जोड दिए ।
यसअघि आइतबार नै प्रधानमन्त्री देउवाले काठमाडौंको बल्खुस्थित जनप्रशासन क्याम्पस शैक्षिक भवनको उद्घाटनसमेत गरे ।










प्रतिक्रिया दिनुहोस्