Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


बाढीपीडित राहत कोष स्थापना गर्न घले दम्पतीद्वारा रु १ करोड दिने घोषणा


0
Shares

एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्को आइतबार (आज) बसेको आकस्मिक बैठकले राहतका लागि कोष स्थापना गर्न एनआरएनका अध्यक्ष शेष घले र उनका पत्नी जमुना गुरुङले तत्कालै रु एक करोड दिने घोषणा गरेको संघका प्रवक्ता रन्जु थापा वाग्लेद्वारा जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कोषमा अध्यक्ष घले र गुरुङको एमआइटी फाउण्डेसनले एक करोड सहयोग दिने, संघका प्रमुख संरक्षक जीवा लामिछाने तथा उपाध्यक्ष भवन भट्ट र कुमार पन्त, महासचिव डा.बद्री केसी र सचिव अर्जुन श्रेष्ठले रु एक-एक लाख तथा प्रवक्ता रन्जु थापाले रु ५० हजार र कोषाध्यक्ष हिक्मत थापाले रु ५१ हजार सहयोगको घोषणा गरिसकेको विज्ञप्तिमा उल्लेख छ ।

साथै, एकसाताभित्र रु दुई करोड संकलन गरी वितरण थाल्ने संघको तयारी छ ।

विपद्का बेलामा विश्वभरी छरिएर रहेका नेपालीलाई आफ्नो क्षमताले भ्याएसम्म रकम सहयोग गरी पीडित दाजुभाई तथा दिदीबहिनीलाई सहयोगको हात अगाडि बढाउन गैरआवासीय नेपाली संघले अपिल गरेको छ । रासस