७ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025


उत्तर कोरियासँग तत्काल कुनै परमाणु युद्धको खतरा छैन : सिआइए


0
Shares

अमेरिका र उत्तर कोरियाबाट एकअर्का विरुद्ध युद्धको तयारीमा रहेको आसयका वक्तव्य आइरहेका बेला सिआइएले भने तत्काल परमाणु युद्धको कुनै खतरा नरहेको जनाएको हो ।

तर उत्तर कोरिया परमाणु कार्यक्रममा निकै तीब्र गतिमा अघि बढिरहेको सिआइएका निर्देशक माइक पोम्पेओले बताएका छन् ।

उत्तर कोरियाले केही समयभित्रै अर्को मिसाइल परीक्षण गर्ने सम्भावना रहेको उनको भनाई छ ।

युद्धको खतरा नरहेको भए पनि राष्ट्रपति कार्यालय ह्वाइटहाउसले रणनीतिक धैर्य राख्ने समय भने गएको चेतावनी उनको छ ।

उत्तर कोरियाले एक महिनाभित्रमा दुईवटा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण गरेपछि दुई मुलुकबीच तनाव बढेको छ ।

दुवै देशले एकअर्का विरुद्ध कारवाहीका लागि तयारी अवस्थामा रहेको बताउँदै आएका छन् ।(एजेन्सी)