२९ श्रावण २०८२, बिहिबार | Fri Aug 15 2025


डा. केसीको जीवनरक्षा गर्न मानवअधिकार आयोगको आग्रह


0
Shares

काठमाडौं, माघ ८ । राष्ट्रिय मानवअधिकार आयोगले सरकार र चिकित्सक डा. गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान गर्न आग्रह गरेको छ ।

आयोगका सचिव वेद भट्टराईले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले चिकित्सा शिक्षासम्बन्धी विगतमा गरेका सम्झौताहरुलाई गम्भीरतापूर्वक लिएर वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गरिएको छ ।

आयोगको टोलीले महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेर डा. केसीको स्वास्थ्य अवस्थाबारे अनुगमन गरेको र डा. केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको हुँदा उनको जीवनरक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको छ ।

चिकित्सा शिक्षा सुधारको माग राख्दै डा. केसी १४ दिनदेखि अनशनरत् छन् । रासस