
काठमाडौं, माघ ८ । द्वन्द्वपीडित साझा चौतारीका अध्यक्ष भागीराम चौधरीले संक्रमणकालीन न्याय प्रदान गर्न गठित दुवै आयोग विघटनको पक्षमा नरहेको स्पस्ट पारेका छन् ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी उनले सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता नागरिक छानबिन आयोगले द्वन्द्वपीडितको हकमा काम गर्न नसकेको बताउँदै आयोग पुनर्गठन गर्नुपर्ने माग गरे ।
राज्य आफूहरुको कुरा सुन्ने पक्षमा नरहेको र आफूहरुको आवाज दबाउन खोजिएको अध्यक्ष चौधरीको भनाइ छ ।
साझा चौतारीले संक्रमणकालीन न्यायसम्बन्धी सम्पूर्ण कामहरु आयोगमामात्र थुपारेर समाधान सम्भव नभएको पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्