Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


कोसी फुट्ने हल्लापछि सरकारी अधिकारीद्वारा कोसी बाँध तथा स्पर निरीक्षण


0
Shares

सप्तकोसी नदीमा पानीको बहाव घटबढ हुनेक्रम जारी रहेकाबेला कोसी फुट्ने हल्ला चलेपछि सुनसरी र सप्तरीका सरकारी अधिकारीले कोसी बाँध तथा स्पर निरीक्षण गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुली, प्रहरी उपरीक्षक विद्यानन्द माझी, प्रमुख कोष नियन्त्रक बद्री घिमिरेसहित सबै सुरक्षा निकायका पदाधिकारी निरीक्षणमा सहभागी थिए ।

त्यसैगरी, सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, प्रहरी उपरीक्षक मुकेशकुमार सिंहलगायतले कोसी बाँध तथा स्परको निरीक्षण गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए ।

उनकाअनुसार निरीक्षणकाक्रममा कोसीको बाँध तथा स्पर भत्किने कुनै खतरा नरहेको र विगतको तुलनमा मजबुत् भएका कारण अहिले बाँध भत्किने स्थिति छैन ।

कोसी नदीमा अहिलेकै अवस्थामा पानीको बहाव यथावत् रहे सुनसरी र सप्तरीमा कुनै खतरा नहुने प्रजिअ पराजुलीले बताए ।

भारतीय पक्षले डेढ सय जेनरेटर र तीन सय मजदुर खटाएको र उनीहरुबाट थप सुरक्षा गरिने भएकाले भएकाले कोसी फुट्ने सम्भावना न्यून रहेको उनले उल्लेख गरे । रासस