Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


मौसममा क्रमिक सुधार


0
Shares

                                                                              फाइल फोटो
मनसुन कमजोर भएकाले कम बदली र वर्षात् भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर, मुलुकको पूर्वी भागको एक/दुई स्थान तथा पश्चिमका धेरै स्थानमा वर्षात् हुने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।

मनसुन बढी सक्रिय भएसँगै अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले तीनदिन देशभर भारी वर्षात् गराएको थियो । उक्त प्रणाली आइतबार रातिदेखि नै कमजोर बन्दै गएको छ ।

यद्यपि, सोमबार पनि काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षात् हुनेछ ।

अहिले देशको पूर्वी भेगमा सामान्य बदली छ भने पश्चिममा बदलीसँगै वर्षात् भइरहेको छ । काठमाडौंमा अपराह्नतिर हल्का वर्षात् हुने जनाइएको छ ।

आइतबार पनि मनसुनी वर्षाको गतिविधि सक्रिय रहेकाले केही स्थानमा भारी वर्षात् भएको महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी भैरहवामा २२२ मिलिमिटर वर्षात् भएको छ भने सबैभन्दा कम काठमाडौंमा तीन मिलिमिटर वर्षात् भएको छ ।

धनकुटामा पाँच, ताप्लेजुङमा सात, सिमरामा ३०, पोखरामा ९, दाङ र जुम्लामा १०/१०, नेपालगन्जमा १४, वीरेन्द्रनगरमा ३९ र धनगढीमा १६ मिलिमिटर वर्षात् भएको छ ।

सोमबार काठमाडौं उपत्यकाको अधिकतम् तापक्रम २६ र न्यूनतम् तापक्रम १९ डिग्री सेल्सियस रहेको छ । रासस