Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


धरान–धनकुटा सडक अझै खुलेन


0
Shares

धरानदेखि ७ किलोमिटर उत्तरमा रहेको निसाने खोलाछेउमा पहिरोले सडक बगाएपछि सो सडक अवरुद्ध छ । तीन दिनदेखि ढुवानीका दर्जनौं साधन जंगलमा अलपत्र परेका छन् ।

ड्राइभर्सन बनाएर सवारी–साधनको आवागमन खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

धनकुटा शुक्रबारदेखि अन्धकार छ । अविरल वर्षापछि सुनसरीको दुहबी ग्रीड भवनमा पानी पसेकाले विद्युत् सुचारु हुन अझै केही दिन लाग्ने विद्युत् प्राधिकरण धनकुटाले जनाएको छ ।

विद्युत् सेवा नहुँदा धनकुटा सदरमुकाममा तीन दिनयता पिउनेपानीसमेत आपूर्ति हुन सकेको छैन ।