Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


मोरङमा राहत वितरण थालियो


0
Shares

पानीको सहत घटेपछि राहत वितरणको कार्य सुरु गरिएको सहायक प्रमुख जिल्ला अधिकारी शेषराज पौडेलले जानकारी दिए ।

बाढीबाट विस्थापित र प्रभावितहरुलाई तत्काल खानेकुरालगायतको प्रबन्ध गरिएको उनले जानकारी दिए ।

मोरङमा बाढीबाट ८ जनाको मृत्यु भएको छ भने दुई हजार ३०० परिवार प्रभावित भएका छन् ।

मौसममा सुधार आएसँगै स–साना नदीहरुमा पानीको बहाव कम भएको छ भने बाढी पसेका ठाउँमा पनि पानी घट्दै गएको छ ।

स्थानीय खोलामा आएको बाढीका कारण विराटनगरको ८० प्रतिशत भूभाग डुबानमा परेको थियो ।

पूर्वमा पानी पर्न केही कम भएसँगै उर्लिएका खोलाखोल्सीमा पानीको सतह घटेको हो ।