२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


परिसंघले ५० लाखको राहत सामग्री उपलब्ध गराउने


0
Shares

नेपाल उद्योग परिसंघले बाढी–पहिरो प्रभावितहरुलाई ५० लाख रुपैयाँको राहत सामग्री प्रदान गर्ने जनाएको छ ।

परिसंघले पहिलो चरणमा ५० लाखको राहतकोष स्थापना गरी उक्त कोषबाट सोही रकम बराबरको आवश्यक खाद्यान्न, औषधि एवं आपत्कालीन सामान प्रधानमन्त्रीको कार्यालय, गृह मन्त्रालय र वाणिज्य मन्त्रालयसँग समन्वय गरी नेपाल सरकारलाई हस्तान्तरण गर्ने परिसंघले जनाएको छ ।

राहतकार्य प्रभावकारी बनाउन र समन्वय गर्न परिसंघका वरिष्ठ उपाध्यक्ष सतिषकुमार मोरको संयोजकत्वमा ‘बाढी, पहिरोपीडित राहत कार्यदल’ गठन गरेको परिसंघले जनाएको छ ।

यसअघि, आइतबार नेपाल उद्योग वाणिज्य महासंघले करिब १ करोड रुपैयाँ बराबरको सहयोगको घोषणा गरेको थियो ।

यस्तै, गैरआवासीय नेपाली संघले स्थापना गरेको बाढीपीडितहरुको सहयोगार्थ राहत कोषमा संघका अध्यक्ष शेष घले दम्पतीको संस्थाले १ करोड रुपैयाँ सहयोगको घोषणा गरेको थियो ।