१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


बाढीले मन्दिर बगाउँदा बेपत्ता भएका तीन वृद्धा अझै भेटिएनन्


0
Shares

                                                   फाइल तस्वीर

बूढीखोलामा आएको बाढीले स्थानीय लक्ष्मीनारायण शिव पाञ्चायन जानकी मन्दिर बगाउँदा सो मन्दिरमा बस्दै आएका ८७ वर्षीया गोमा कार्की, ८९ वर्षीया पुण्यमाता दाहाल र ७१ वर्षीया सीता थापामगर बेपत्ता भएका हुन् ।

बूढीखोला पूर्वतर्फ रहेको मन्दिर बाढीले बगाउँदा बेपत्ता भएका उनीहरु अझै फेला पर्न नसकेको र खोजीकार्य भइरहेको सुन्दरहरैचा नगरपालिकाका प्रमुख शिवप्रसाद ढकालले जानकारी दिए ।

बाढीले सो क्षेत्रका १६३ घर डुबानमा परेका थिए । (रासस)