Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


बाढीबाट रौतहटमा मृत्यु हुनेको संख्या १४ पुग्यो


0
Shares

जिल्ला प्रहरी कार्यालय रौतहटले जिल्लामा चार दिनभित्र १४ जनाको मृत्यु भएको जनाएको छ ।

जताततै जमेको पानी घट्न थालेपछि शव देखिन थालेको प्रहरीको भनाइ छ । हिजो मात्र रौतहटमा पाँच जनाको शव भेटिएको थियो ।

त्यसैगरी बाढीमा बगेर चार जना बेपत्ता भएको प्रहरीले जनाएको छ । बाढीबाट भएको क्षतिको पूर्ण विवरण भने अझै आउन सकेको छैन ।

त्यसैगरी रौतहटका बाढीपीडितहरुले अझै राहत पाउन सकेका छैनन् । पीडितहरुले तीन दिनदेखि भोकै बस्नुपरेको गुनासो गरेका छन् ।