Logo २८ बैशाख २०८३, सोमबार | Mon May 11 2026


तौलिहवासँग जोडिएको हुलाकी मार्ग ‘जर्जर’ अवस्थामा, हेर्नुहोस यस्तो छ हालत(भिडियो)


0
Shares

बासुदेव वर्मा (ईमेज)

निर्माण सम्पन्न भएको ६ दशक बितिसक्दासमेत सदरमुकाम तौलिहवा–बहादुरगन्जको २१ किलो मिटर बाटो झन् जर्जर बन्दै गएको हो ।

कपिलबस्तुको सदरमुकाम तौलिहवासंग जोडिएको प्रचलित हुलाकी मार्गको अवस्था बर्षेनी खस्कदै गएको हो ।

बर्षाले ठाउं-ठाउंमा ठुल्ठुला खाल्डा परी हिलाम्मे हुंदा यात्रुहरु जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् ।

ग्राभेल सडक कालोपत्रे हुन नसक्दा सडक झन् दयनीय अवस्थामा पुगको हो । सडक मर्मतमा सरकार तथा सम्बन्धित निकायले कुनै चासो नदेखाएको गुनासो स्थानीयको छ ।

सो हुलाकी सडकको स्तरोन्नतीका लागी कहिले नेपाल सरकार त कहिले भारतीय सरकारको लगानीमा हुने भनिए पनि हरेक बर्ष चर्चा चलेर सेलाउने गरेको छ ।

२१ किलो मिटर लामो सडकको ठाउं-ठाउंमा ठुल ठुला खाल्डाखुल्डी परेका छन् ।

आठ वर्ष अघि ग्राबेल भएको सडक ठाउं-ठाउंमा भासिएपछि साइकल र पैदयात्रुलाई समेत हिड्न मुस्किल परेको स्थानीय बताउंछन् ।

सडकको अवस्था नाजुक भएकाले सवारी साधन चलाउन कठिनाइ हुने गरेको छ ।

सडक कालोपत्रे नहुंदा जिल्लाको प्रमुख ब्यापारिक केन्द्र कृष्णनगरसंग पनि ब्यापार ब्यवसाय बिस्तार गर्न समस्या भईरहेको छ ।

बिकासको प्रमुख सुचकको रुपमा यातायातलाई लिने गरिएको नेपालमा सुगम जिल्लामा समेत यसको मर्मतसंभारमा ध्यान दिइएको पाइदैन् ।

तराइको प्रमुख बिकासको मेरुदण्डको रुपमा रहने गरेको हुलाकी मार्गको संवद्र्धनमा उचित ध्यान नदिदां समग्र बिकासमा नकारात्मक असर पर्ने गर्दछ ।

“>