
भारतीय राजदूतावासमा आज आयोजित कार्यक्रममा अस्पताल, परोपकारी संस्था र शैक्षिक संस्थालाई ३० वटा एम्बुलेन्स र ६ वटा बस प्रदान गरेको हो ।
त्यसैगरी दूतावासले विभिन्न स्थानका ६६ वटा पुस्तकालयलाई पुस्तक र शैक्षिक सामाग्रीसमेत हस्तान्तरण गरेको छ ।
यसअघि पनि भारतले स्वतन्त्रता दिवसका अवसरमा नेपालका ७३ जिल्लाका विभिन्न संघसंस्थालाई बस, एम्बुलेन्स, पुस्तक तथा विभिन्न शैक्षिक सामग्री प्रदान गर्दै आएको छ ।
कार्यक्रममा नेपालका लागि भारतका राजदूत मन्जिवसिंह पुरीले भारतको राष्ट्रिय झन्डाको झन्डोत्तोलन गर्दै भारतका राष्ट्रपतिले स्वतन्त्रता दिवसको शुभकामना सन्देश पढेर सुनाएका थिए ।
राजदूत पुरीले नेपाली र भारतीय जनताबीचको सम्बन्ध निकै प्रगाढ रहेको भन्दै नेपालको शान्ति, स्थायित्व समृद्धिका आफूहरुले सहयोगीको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्