
ट्रम्पको यस कदमबाट चीनमाथि अमेरिकाले केही व्यापारिक प्रतिबन्ध लगाउने सम्भावना देखिएको ‘बीबीसी‘ले उल्लेख गरेको छ । अमेरिकी उद्योग संरक्षणको नाममा चीनविरुद्ध व्यापारिक प्रतिबन्ध लाग्ने देखिएको हो ।
यता, अमेरिकाले व्यापारिक सम्बन्धविरुद्ध कुनै कदम उठाए आफ्नो हितको रक्षा गर्ने र त्यसको परिणाम अमेरिकाले ब्यहोर्नुपर्ने चीनले चेतावनी दिएको छ । चिनियाँ सरकारी सन्चारमाध्यम ‘ग्लोबल टाइम्स’ले राष्ट्रपति ट्रम्पको यस कदमले दुई देशबीचको सम्बन्धमा विष घुल्नसक्ने भनेर प्रतिकृया दिएको छ ।
ट्रम्पले आफ्नो पहिलो अमेरिकी नीतिअनुसार उत्तर कोरियासंगको सम्बन्धलाई लिएर चीनसंग सन्तुलन कायम गर्न खोजेको विश्लेषण गरिएको छ ।
गतवर्ष दुई मुलुकबीच ६४८ विलियन डलरको आर्थिक कारोवार हुँदा चीनलाई बढी फाइदा पुगेको थियो । अमेरिकाले भने ३१० विलियन डलर घाटा व्यहोरेको थियो ।
प्रतिक्रिया दिनुहोस्