जलेश्वर नगरपालिका–९ प्रकौली गाउँका ५५ वर्षीय रामेश्वर चौधरीलाई उनका छोराहरुले मृत्युपछि आँगनमै दाहसंस्कार गरेका हुन् ।
गाउँको चारैतिर पानीले भरिएर कुनै सुक्खा ठाउँ नभेटिएपछि तीन भाइ छोराले बुबाको मृत शरीरलाई आँगनमै जलाएको छिमेकी ललित चौधरीले जानकारी दिए ।
बाढीका कारण घरबाटसमेत निस्कने अवस्था नरहेको र गाउँको कुनैपनि ठाउँ वा वनसमेत सुक्खा नरहेको पाएपछि बुबा रामेश्वरलाई आँगनमै जलाएको कान्छा छोरा दिनेश चौधरीले बताए ।
बाढीको त्रास फैलिएका बेला रामेश्वरको हृदयाघातबाट घरमै मृत्यु भएको थियो । रासस










प्रतिक्रिया दिनुहोस्