७ जेष्ठ २०८२, बुधबार | Thu May 22 2025


अमेरिकाले नयाँ प्रतिबन्ध लगाए आणविक कार्यक्रम पुनः सुरु गर्ने इरानको चेतावनी


0
Shares

उनले यस्तो कार्यक्रम सन् २०१५ कोभन्दा अझ विकसित हुनेपनि बताए ।

अमेरिकाको एकपक्षीय प्रतिबन्धले इरानको ब्यालेस्टिक मिसाइल कार्यक्रमको सम्बन्धमा गरिएको सम्झौता उल्लंघन गर्ने तेहेरानको तर्क छ ।

तर, अमेरिकाले भने इरानको मिसाइल परीक्षणले संयुक्त राष्ट्रसंघको प्रस्तावनाको उल्लंघन गर्ने जनाएको छ ।

इरानले सन् २०१५ मा शक्ति राष्ट्रहरुसँग आणविक सम्झौता गरेको थियो । तर, वर्तमान अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने उक्त सम्झौतालाई ‘अहिलेसम्मकै खराब सम्झौता’ भनेका छन् ।

आइबारमात्र इरानी संसदले मिसाइल प्रणालीको विकासमा लगानी बढाउने पक्षमा मतदान गरेको थियो ।

अमेरिकाको पछिल्ला प्रतिबन्धको प्रतिक्रियास्वरुप इरानले यो कदम चालेको बताइएको छ ।

गत जनवरीको मिसाइल परीक्षणपछि इरानविरुद्ध अमेरिकाले यसअघि नै प्रतिबन्ध लगाइसकेको छ । (एजेन्सी)